Media Network

मेसीको गोल र असिस्टमा अर्जेन्टिना विजयी


खबरस्टोरी संवाददाता

११ मंसिर २०७९,आईतवार

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित सकिएको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल गरेको थियो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले महत्वपूर्ण भूमिका खेलेका थिए । मेसीले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए भने ८७औँ मिनेटमा इंजो फेर्नानडेजले गरेको गोल असिस्ट पनि गरेका थिए ।

विश्वकपको पहिलो खेल साउदी अरेबियासँग हारेर दबाबमा परेको अर्जेन्टिनालाई नकआउटचरणमा पुग्न बाँकीका दुवै खेल जित्नै पर्ने अवस्थामा मेक्सिकोविरुद्धको यो खेल जितेर उत्कृष्ट कम्ब्याक गरेको छ ।

समुह सी मा रहेको अर्जेन्टिनाको यो जितपछि २ खेलमा ३ अंक भएको छ । यस समुहमा पोल्याण्ड २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना २ खेलमा ३ अंकसहित दोस्रो र साउदी अरेबिया २ खेलमा ३ अंकसहितनै तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै मेक्सिकोको २ खेलमा १ अंक छ र समुहमा अन्तिममा रहेको छ । अब यस समुहबाट नकआउट चरणमा जानका लागि अन्तिम खेको नतिजा पर्खिनुपर्ने भएको छ । अन्तिमखेलमा अर्जेन्टिनाले पोल्याण्डको सामना गर्ने छ भने साउदी अरेबियाले मेक्सिकोको सामना गर्ने छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद