Media Network

प्रिमियर लिगः म्यान्चेष्टर सिटीको विजयी शुरुवात


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । इंग्लिस प्रिमियर लिगको आइतबार राती भएको खेलमा वेष्ट ह्यामलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले विजयी शुरुवात गरेको छ । फरवार्ड एर्लिङ हालान्डको दुई गोलको मद्दतमा सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको हो । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो । 

खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे । 

यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २–१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।

पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर प¥यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।

युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।

यस्तै, आइतबार राती नै भएको लिसास्टर र ब्रेन्टफोर्डबीचको खेल भने बराबरीमा टुंगिएको छ । दुवै टिमले २, २ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद