Media Network

रग्बी खेल्न महिला टोली जाकार्ता जाने


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

काठमाडौँ । इन्डोनेसियाको जाकार्तामा हुने नेपाली महिला रग्बी टिमले एसिया रग्बी सेभेन्स ट्रफीमा भाग लिने भएको छ ।

१२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ जानेछ । खेलाडीमा एलिसा थापा ९कप्तान०, सिर्जना राई ९उप कप्तान०, पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापामगर, अप्सरा कार्की, विशाखा राई, शर्मिला राई र अपना पौडेल छन ।

जेजीबीके रग्बी पिच जाकार्तामा साउन २१ र २२ मा हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, यूएई, मंगोलिया र ग्वाम गरी ७ राष्ट्रको सहभागिता रहने छ 

एसिया रग्बीमा नेपालले चौथोपल्ट सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनाईमा भाग लिएको थियो । भारतको चेन्नईमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद