Media Network

राष्ट्रमण्डल खेलकुदको स्वर्ण अष्ट्रेलियालाई


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्दै अष्ट्रेलियाले राष्ट्रमण्डल खेलकुदको स्वर्ण जितेको छ । एजब्यास्टनमा भारतलाई ९ रनको रोमाञ्चक जित निकाल्दै अस्ट्रेलियाले राष्ट्रमण्डल खेलकुदको स्वर्ण जितेको हो ।

कमनवेल्थ गेम्स उमेन्स क्रिकेट कम्पिटिशनमा अष्ट्रेलियाकी बेथ मुनीले अर्धशतक पार गर्दै ६१ रन जोड्दा कम्तान मेग लनिङ ३६ रनमा रनआउट भइन् । 

अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो । मात्र १६२ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान हरमनप्रीत कौरको शानदार ६५ रनले आशा जगाएको थियो । कप्तान कौरले ब्याटिङ थालेपछि आशा जगाएको भारतीय टिम १५२ रनमा अलआउट भयो ।

यसअघि भएको खेलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले कास्य पदक जितेको थियो ।

कमनवेल्थ गेम्समा महिला क्रिकेट सहभागी भएको यो पहिलो पटक हो ।

अष्ट्रेलियाका ब्याट्सम्यान ताहलिया म्याकग्राले खेल सुरु हुनुअघि कोभिड–१९ पोजिटिभ देखिए पनि फाइनलमा भाग लिने अवसर दिइएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद