Media Network

सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउदै


खबरस्टोरी संवाददाता

१३ कार्तिक २०७९,आईतवार

काठमाडौं।दुई बर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु फुर्सदमा थिए । अहिले कोभिडको जोखिम सकिए संगै गायक तथा कलाकारहरु देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने क्रम बढेको छ । नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको ’नयाँ बर्ष धमाका’ सांगीतिक कार्यक्रममा सुगम पोखरेल,मेलिना राई र सुनिल सिंह ठकुरीले दर्शकलाई मनोरंजन दिने छन् । 

कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने उदेश्यका साथ संचालन हुन लागेको सांगीतिक कार्यक्रम जापानका बिभिन्न छ वटा शहरमा हुनेछन् । लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो शहरमा हुनेछ । कार्यक्रम जापानका ठुला शहरहरु टोकियो, ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका शहरमा हुदै छ ।  टोकियोमा डिसेम्बर २५ तारिख आइतवारको दिन रोपंगी जेस नाइट क्लबमा हुने छ ।

कार्यक्रमका आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ । लामो समय देखि जापान बस्दै आएका शाहको समुहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरि सकेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद