Media Network

समलिङ्गी प्रेम कथामा ‘मीरा’ (भिडियो)


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

काठमाडौं । सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । 

दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ’मिरा’ दी टेल्स अफ लाइफ निर्माण भएको छ । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन् । 

कला क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितले ‘मीरा’ मा डेब्यू गरेकी हुन् । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी छन् । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् । 

भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ । फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् । उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् । 

अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ । 

हेर्नुहोस् भिडियो


Share:
Reaction :
ताजा समाचार
खेलकुद