Media Network

स्पेन घरेलु मैदानमै पराजित


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन पराजित भएको छ । समूह चरण अन्तर्गत शनिवार राति स्पेनलाई स्वीट्जरल्याण्डले २–१ गोल अन्तरले हराएको हो ।

स्पेनलाई स्वीट्जरल्याण्डले उसैको घरेलु मैदानमा हराएको हो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल । जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित ग¥यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे । यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद