Media Network

सुटिङका क्रममा अभिनेत्री शिल्पा शेट्टीको खुट्टा भाँचियो


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीको देब्रे खुट्टा भाँचिएको छ । 

शिल्पा शेट्टीले अस्पतालबाट आफ्नो तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसमा उनी ह्वील चेयरमा बसेकी देखिन्छिन् । शिल्पाको आगामी वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका क्रममा उनको खुट्टा भाँचिएको छ ।

शिल्पा शेट्टीले अस्पतालबाट आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छिन्, “भनिन्छ रोल, क्यामेरा, एक्सन र ’ब्रेक ए लेग’। मैले यो कुरालाई गम्भीरतापूर्वक लिएँ । म ६ हप्तादेखि एक्सनबाट बाहिर छु, तर चाँडै नै हुनेछु । अझ बलियो र राम्रोसँग फर्किनेछु ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद