Media Network

श्री गुरुङ्ग’ लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

काठमाडौँ।काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङलाई जिताउन ‘रअ बार्ज’ले ’ आत्मनिर्भर नेपाल’ शीर्षकमा ’श्री ५ र्‍याप कम्पिटिसन’ आयोजना गर्ने भएको छ । झन्डै एक दशकदेखि युवा पुस्ताबिच लोकप्रिय ‘रअ बार्ज’ ले ’आत्मनिर्भर नेपाल’ शीर्षकमा र्‍याप कम्पिटिसन गर्न लागेको हो ।

उक्त प्रतियोगितामा जो कोहीले पनि भाग लिन सक्ने ‘रअ बार्ज’ले जनाएको छ । सहभागी हुनको लागि प्रतिस्पर्धीले दिइएको बिटमा ’आत्मनिर्भर नेपाल’ शीर्षकमा र्‍याप गाएर पठाउन पर्नेछ । सहभागी मध्य विजेताले १ लाख बराबरको डोमेस्टिक टुरिजम प्याकेज पाउनेछ जसबाट आन्तरिक पर्यटनलाई थप टेवा पुग्ने आयोजकको बिश्वास रहेको छ । 

पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ श्री गुरुङ चुनावी मैदानमा छन् । यस अभियानलाई थप साथ दिन र साथै गीत संगीत मार्फत पनि देश र पर्यटनको प्रवर्द्धन गर्न सकिने भएकाले कम्पिटिसन आयोजना गरिएको ‘रअ बार्ज’का संस्थापक कोलिन विक्रम राणाले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद