Media Network

विश्वकप फुटबल आजबाट, उद्घाटन खेलमा कतार र इक्वेइडर भिड्ने


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छ।

यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुने सम्भावना छ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय भइसकेको छ। प्रतियोगिताका खेल पाँच शहरका आठ स्थानमा खेलाइनेछन्।

२९ दिनको कम समयसीमामा खेलाइनेछ उद्घाटन खेल कतार र इक्वेडर बीच अल बेत स्टेडियम, अल खोरमा हुनेछ। फाइनल १८ डिसेम्बर २०२२ मा कतारको राष्ट्रिय दिवसमा हुनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद