Media Network

विश्वकप फुटवल : सेनेगललाई हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा विजयी सुरुआत गरेको छ ।

दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको वर्षका उत्कृष्ट डच फुटबलर घोषित गाक्पोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल अग्रता दिलाएका थिए । गाक्पोले फ्रयांन्किङ डी योङको पासमा गोल गरेका थिए ।

इन्जुरी समयको नवौं मिनेटमा बैकल्पिक खेलाडी क्लासेनले दोस्रो गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएको प्रहार सेनेगलका गोलरक्षक इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा क्लासेनले गोल गरेका थिए ।

जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २–० को जित हासिल गरेको थियो ।समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद