Media Network

वृत्तचित्र ’कुन हो मेरो देश’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७९,सोमबार

काठमाडौ।भुटान सरकारले निर्वासित गरेका एक  सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ’कुन हो मेरो देश’ सार्वजनिक भएको छ ।  यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन  बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । 

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले  उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन  सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत  गरेका छन् ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ ।  बि. एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ । कमल राईको  छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । असल टिभी नामक युट्युव च्यानल मार्फत वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र अंग्रेजी र नेपालीभर्सनमा सार्वजनिक गरिएको छ । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद