Media Network

यू–१७ फुटबलका लागि ६० खेलाडी छानिए


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १७ वर्षमुनिको पुरुष फुटबल टोलीका लागि ६० खेलाडी छानिएका छन् ।

एन्फाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको जनाएको छ । १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो ।

टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् । श्रीलङ्कामा सेप्टेम्बर ५ देखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद