Media Network

यूईएफए नेसन्स लिगः इटाली र हंगेरीको जित, जर्मनी र इंग्ल्याण्ड पराजित


खबरस्टोरी संवाददाता

८ आश्विन २०७९,शनिबार

काठमाडौं । यूईएफए नेसन्स लिगमा फुटबलका दुई शक्ति राष्ट्रहरु जर्मनी र इंग्ल्याण्डले हार ब्यहोरेको छ । जर्मनी यूईएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको हो । 

जर्मनीले हंगेरीसँग १–० ले स्तब्ध भयो भने शुक्रबार रातीकै अर्को खेलमा इंग्ल्याण्डले इटालीसँग १–० को हार ब्यहोरेको छ ।

शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे ।जर्मनी१३ खेलमा आएर पराजित भएको हो ।

हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा छ । 

समूहको अर्को खेलमा इटालीले इंग्ल्यान्डलाई १–० अन्तरले पराजित गर्यो । इटालीको जितमा ६८औं मिनेटमा जियाकोमो रस्पाडोरीले निर्णायक गोल गरे । इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद