Media Network

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको प्रमुख कार्यकारी अधिकृत पदमा  युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन्।

कम्पनीको गत असार ७ गतेको १२० औँ बैठकको निर्णय बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठलाई साउन २३ गतेदेखि लागू हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको हो। 

बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद