Media Network

अब प्लास्टिकको झोलाको विकल्पमा 'बायो ब्याग' बजारमा


ऋतु बोहरा

८ श्रावण २०७९,आईतवार

काठमाडौं । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग बजारमा आउने भएको छ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो ।

बायोब्याग प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ । बायोब्यागस बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाइ वातावरणमैत्री बनाउन्छ । वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो।प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ । प्लास्टिकको झोलाले वातावरणमा प्रदूषणमात्रै बढेको छ अहिले जताततै प्लास्टिक फोहरमात्रै देखिन्छ, जल, जमिन र जंगलमा प्लास्टिकजन्य फोहरको थुप्रो नै लागेको छ प्लास्टिकजन्य फोहर मानवको लागि मात्र नभई जीवजन्तु र वनस्पतिकै लागि अभिसाप बन्दै आएको छ । जबकी जैविक झोला वातावरणमैत्री छ ।

व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रा लिले जैविक झोलाको उत्पादन सुरु गरेका छन् । 

करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन् । मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएका बताए । 

उद्योगमा एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका र पोखरामा उत्पादन विक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको जानकारी दिए । अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए । 

प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस नेपाल प्रा लि नेपालमा पहिलो उद्योग भएको सञ्चालक वेजूको दाबी छ । 

मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो । उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए । 

उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए । मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्ने पनि बेजुले जानकारी दिए । 

हरेक वर्ष लाखौं टन प्लास्टिकजन्य फोहर ल्यान्डफिल साइट र खोलानालामा फ्याकिन्छ । प्लाष्टिकलाई खाना सम्झेर खाँदा हरेक वर्ष हजारों चराचुरुङ्गी, कछुवा लगायतका जनावरहरू मर्छन् । प्लाष्टिकका झोला जनावरले पचाउन सक्दैन । त्यसैले यो पेटमै रहन्छ, जनावरको पेटमा पुगेको प्लास्टिकले खाना पचाउनबाट रोक्छ, जसबाट धेरै ढिलो गरी ती जनावरले पीडादायी मृत्युवण गर्नुपर्छ। प्लाष्टिकको झोला क्षय हुन एकहजार वर्षसम्म लाग्ने बताइन्छ । जुन सबै जीवित प्राणीहरूको लागि हानिकारक साबित हुँदै आएको छ ।  व्यवसायी वेजूले जैविक झोला उत्पादन गर्ने उद्योग स्थापना गर्नुअघि धेरै अध्ययनसमेत गरेका बताए । उनले प्लास्टिकजन्य झोला र अन्य उत्पादनले मानव जीवन र पर्यावरणमा पर्ने असर तथा प्रभावबारे समेत खाजेबिन गरेको बताउँछन् । प्लास्टिकजन्य उत्पादनबाट फाइदाभन्दा बेफाइदा धेरै देखेपछि यसको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्नतिर आफू लागेको वेजूको भनाइ छ । 

मानव जातिले प्रत्येक वर्ष ६ ट्रिलियन प्लास्टिक झोला प्रयोग गर्छ र लगभग ८० प्रतिशत प्लास्टिक पुनः प्रयोग गर्न सकिंदैन । जुन सिधैं ल्यान्डफिल वा समुद्रमा फालिन्छ, उनले भने, प्लास्टिक र प्लास्टिकजन्य फोहोरको प्रभावबारे कल्पना गर्नुहोस् न कति कहाली लाग्दो छ । त्यसैले हामीले विकल्पहरू अघि बढाउन अति आवश्यक भइसक्यो ।’ 

जैविक झोलालाई कम्पोष्टमा परिणत गरी माटोलाई उर्बर बनाउन सकिन्छ, यी उत्पादनमा कृत्रिम रसायनहरूको प्रयोग हुँदैन । यो जीव जनावरले सजिलै पचाउन समेत सक्छ’, उनले थपे, ‘यसले मानवको स्वास्थ्यसँगै जीवजन्तु तथा विरुवालाई कुनै हानी नोक्सानी गर्दैन। उल्टै पर्यावरण र समुद्र सफा राख्न मद्दत गर्छ । बोटविरुवाको लागि कम्पोष्ट मलको रुपमा खाद्य तत्व आपूर्ति गर्छ ।’ 

बायो व्यागम् सामान्य प्लास्टिकका झोला भन्दा डेढ गुणा महंगो पर्ने पनि बैजुले बताए । तर यसले वातावरण संरक्षण र कृषि उत्पादन बढाउन गर्ने योगदानसामु यो मूल्य सामान्य रहेको उनको भनाइ छ  । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद