Media Network

३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार (आज) ३० अर्ब रुपैयाँको  रिपो जारी गर्ने भएको छ ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । 

बैंकिङ प्रणालीमा तरलताको समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही साउन १९ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । यो चालु आर्थिक वर्षको पहिलो रिपो हो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद