Media Network

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नै नियुक्त हुने


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौँ  । नेकपा माओवादी केन्द्रले फेरि अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका हुन् । 

अध्यक्ष प्रण्डले आज प्रधानमन्त्री देउवालाई भेटेर अर्थमन्त्रीमा नियुक्ती गर्न सिफारिस गरेका, आज नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले शर्मालाई अर्थमन्त्रीमा नियुक्ति गर्ने र साँझ नै शपथ दिलाउने तयारी भएको  माओवादी केन्द्र निकट उच्च स्रोतले जनाएको छ । 

बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि तत्कालिन अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका थिए । उनको राजीनामा पश्चात् छानबिन गर्न बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश नभएको निष्कर्ष सहितको प्रतिवेदन पेश गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद