Media Network

एयरपोर्टको हेलिप्याड भक्तपुरको नलिनचोकमा स्थानान्तरण हुने


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड भक्तपुरको नलिनचोकमा  स्थानान्तरण हुने भएको छ ।

जसको लागि १६ करोड बजेट विनियोजन समेत भएको छ ।प्राधिकरणले भक्तपुरमा टर्मिनलसहितको सुविधा सम्पन्न हेलिप्याड बनाउन बजेट विनियोजन गरेको हो। 

प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएसँगै विमानस्थलबाट हेलिप्याड हटाउन भएको हो ।नलिनचोकमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिप्याड बन्ने छ। हेलिप्याड तथा अन्य पूर्वाधारका लागि १५ करोड विनियोजन गरिएको छ भने टर्मिनल भवनका लागि १ करोड बजेट छुट्याइएको छ। नलिनचोकमा विमानस्थलकै जस्तो पूर्वाधार निर्माण हुने छ। 




Share:
Reaction :
ताजा समाचार
खेलकुद