Media Network

गरिमा विकास बैंकको खुद मुनाफा एक अर्ब पाँच करोड


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौं। गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८–०७९ मा एक अर्ब पाँच करोड ६६ लाख ५३ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ८३ करोड ६३ लाख १७ हजार रुपैंयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी चार अर्ब ५७ करोड ९८ लाख ९२ हजार रुपैंयाँ रहेको बैंकले आर्थिक बर्ष २०७८–०७९ मा ६८ अर्ब ४१ करोड दुई लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ३२ करोड २२ लाख ९० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ६१ करोड आठ लाख २१ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ७५ करोड दुई लाख ९० हजार रुपैंयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले ६३ अर्ब ९० करोड २० लाख ८७ हजार रुपैंयाँ निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड ७३ लाख ३७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९८ करोड २८ लाख ७५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५० प्रतिशत रहेको थियो ।  

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद