Media Network

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो चार्टर उडान


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा आज अवतरण हुन लागेको हो ।

विमानस्थलका अनुसार बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उक्त जहाज १२ः१५ बजे अवतरण हुनेछ ।

पाँच दिन सोही विमानस्थलको पार्किङमा रहने उक्त जहाज साउन १६ गते काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने उडानतालिका रहेको छ । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

यसअघि वैशाख २८ गते भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको थियो । जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै उक्त विमानस्थलबाट अहिले जजिरा एयरवेजले मात्रै उडान गरिरहेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद