Media Network

इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं।इको फ्लो एक सुविधाजनक पावर र नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी हो, यही कम्पनीले आज नेपालमा जन जीवनलाई उत्तम बनाउनका लागि सुविधाजनक पावर स्टेशनहरु उपलब्ध गराउन तयार रहेको जानकारी गराएको छ । इको फ्लोको स्थापना सन् २०१७ मा ड्रोनका अग्रणी विकासकर्ताहरुको रुपमा उदाएका उद्यमीहरुबाट गरिएको थियो । यी विकासकर्ताहरुले ड्रोन ब्याट्रीलाई हलुका, धेरै टिक्ने र सुबैभन्दा महत्वपूर्ण त अधिक शक्तिशाली बनाउनलाई काम गरेका थिए । अब, इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरु निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरु हुनेछन् । इको फ्लोले मानिसहरुको पहुँच ऊर्जामा जहाँ पनि होस् भन्ने तरिकाबाट पुनःआविष्कार गर्ने प्रयत्न गरेको छ । 

इको फ्लोका रिसर्च एण्ड डेभलपमेन्ट निर्देशक श्री थोमस चानले भने,  विश्व अप्राकृतिक ज्ञान, विद्युतीकरण र नवीन ऊर्जातर्फ उन्मुख छ । ऊर्जाको “एक नयाँ विश्व” यी परिवर्तनहरुको बीचमा भविष्यको पर्खाइमा छ । इको फ्लो एक महत्वाकाँक्षी, पर्यावरण मैत्री र प्राविधिक तवरमा संचालित भविष्य प्रति विश्वास गर्दछ, जसको प्रत्येक व्यक्तिले स्वामित्व ग्रहण गर्दछ । इको फ्लोको अर्थपूर्ण नवीन ऊर्जा समाधानहरुको डिजाइन नै व्यक्ति व्यक्ति, परिवार र समाजमा व्यापक रुपमा प्रभाव पार्ने गरी गरिएको छ । इको फ्लोको डेल्टा र रिभर सिरिजका पावर जेनेरेटरहरु कार्यस्थल र घरको वैकल्पिक ऊर्जा, साहसिक कार्यको लागि स्वच्छ, शान्त र नवीकरणीय ऊर्जाको औद्योगीक परिमाणका साथ उपभोक्तालाई सुसज्जित पार्नेछन् ।

इको फ्लोको स्वामित्व अधिकार रहेको एक्स–स्ट्रिम प्रविधियुक्त स्मार्ट इन्भर्टरले अत्यन्त छिटो रिचार्ज हुने क्षमता राख्दछ, जुन १ घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज भैसक्नेछ भनें १.६ घण्टाको अवधिमा यो पूर्णतः चार्ज हुनेछ । तपाईंले एपमा क्वाइट चार्जिङको स्तर कायम गरेर शान्तमय चार्जको अवस्थामा बदल्न सक्नु हुन्छ । यसमा भएको अद्भूत एक्स बुस्ट प्रविधिको सहायताले इको फ्लो सुविधाजनक ऊर्जा स्टेशनहरुले सर्वाधिक धेरै ४५०० वाटसम्मको ऊर्जा निष्कासन गर्न सक्दछन् । जसले सोही सरहको निष्कासन स्तर भएका अन्य उत्पादनहरुको दाँजोमा ज्यादा उपकरणहरु संचालन गर्ने क्षमता राख्छ । अहिले इको फ्लोले नेपालमा डिलरहरुको खोजी गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद