Media Network

जजिरा एयरले सुरु गर्यो भैरहवाबाट कुवेतको दैनिक उडान


खबरस्टोरी संवाददाता

१ आश्विन २०७९,शनिबार

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ ।

साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो । यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु भएको हो । 

यो विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान जजिराले जेठ २ बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो । जजिरा एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान गर्दै आएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्दै आएको छ । जजिराको एयर बस ३२० नीओ विमानले हाल सम्म हालसम्मे कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ । जसबाट कुल ६ हजार ५ सय ८७ यात्रु आएका छन् भने कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद