Media Network

काठमाडौं–धनगढी भन्दा काठमाडौं–दिल्लीको हवाई भाडा सस्तो


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

धनगढी । देशको आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा ८ हजार ३९५ कायम गरिएको थियो। तर दसैं नजिकिएसँगै भाडा दर बढेर झण्डै दोब्बर पुगेको छ।

काठमाडौं–धनगढी हवाइ उडान अन्तरगत अनलाइन टिकट बुकिङका लागि १४ गते शुक्रबारको भाडा दर हेर्दा त्यहाँ १२ हजार ७२५ देखि १७ हजार २५ सम्मका टिकट उपलब्ध छन्। यस्तै १५ गते शनिबार पनि सोही दरमा टिकट उपलब्ध छन्। सामान्यतया मौसम सफा रहेमा काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेटसम्म लाग्ने गर्छ। 

तर शुक्रबार नै १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने १४ हजारमै उपलब्ध रहेको छ। शुक्रबार साँझ ७ बजेको फ्लाइटबाट काठमाडौं–दिल्ली यात्रा गर्नुपर्दा १२ हजार १४१ मै टिकट बुकिङ उपलब्ध रहेको उल्लेख छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद