Media Network

महालेखा प्रतिवेदन :ओम्नीको दादागिरी, नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने २ करोड रकम तिरेन


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं । पछिल्लो समयमा स्वास्थ्य सामग्री खरिद घोटाला प्रकरणमा तानिएको ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलको आर्थिक अपारदर्शीतालाई महालेखाले औल्याएको छ ।

 ओम्नीले नेपाल वायुसेवा निगमको २ करोड रूपैयाँ भाडा नतिरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले १५ चैत, २०७६मा चीनको ग्वान्झाओबाट चार्टर्ड उडानमार्फत मेडिकल सामग्री ल्याएको कम्पनीले भाडा नतिरेको देखिएको छ ।

महालेखाले ब्याजसहित १ करोड ८६ लाख ७६ हजार रुपैयाँ भाडा असुल गर्न सिफारिस गरेको छ । ओम्नीले मेडिकल सामाग्री आपूर्ति गरेबापतको १ लाख ५४ हजार डलर भाडा तिर्न अटेरी गरेको छ ।

तत्कालीन संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू जमानी बस्ने भन्दै दिएको ठाडो निर्देशनमा विमान मेडिकल सामग्री लिन ग्वान्झाओ गएको थियो । महालेखाले अग्रिम रुपमा भाडा नलिई चाटर्ड उडान गराउने पदाधिकारीलाई जिम्मेवार बनाएर सो रकम असुल्न समेत निर्देशन दिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद