Media Network

नाडा इभि एक्सपो २०२२ सम्पन्न हुने


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आज बिहिबार बसेको नाडाको ंकेन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको छ । उक्त इभि एक्सपो मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । 

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । मिति २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।। नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद