Media Network

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ। 

जहाजमा १५ जना सवार थिए। आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन्। जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ। गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ।

निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद