इटालियन राजदूत भिन्सेन्जो डे लुकाले भन्नुभयो “ईटालियन दूतावासले ईटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले ईटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवद्र्घनगर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि ईटालीमा प्रचार प्रवद्र्घन गर्ने योजना बनाएका छौँ ।” उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु ईटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए ।
एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले भन्नुभयो नेपाल–इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गईरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ । जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिईएको छ । एनआईसीसीआईले आगामी मार्च २०२३ मा ईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवद्र्घनगर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।
नेपाल र ईटाली साँस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना सँस्कृति आदानप्रदान गर्दै आईरहेका छन् । सन् २०१५ मा नेपालमा गएको भूकम्प पछि ईटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ जसमा नेपालका लागि ईटालीले आर्थिक सहयोग जुटाएको थियो । यो बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर प्रदान गरेको छ साथै ईटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर पाएका छन् ।