Media Network

नेपाल लाइफले १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाले कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्न लागेको हो। कम्पनीको विहीबारको वार्षिक साधारण सभाले सो प्रस्ताव स्वीकृत गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेको थियो । सोहि अनुसार कार्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद