Media Network

नेपाल पूर्वाधार सम्मेलनमा एक्यानको साझेदारी


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौ । नेपाल उधोग परिसंघ र नेपाल सरकारले भाद्र २३ र २४ गते आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन, २०२२ मा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको रणनैतिक साझेदारी रहने भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच  उक्त सम्झौंतामा एक्यानको तर्फबाट अध्यक्ष दिपक पाण्डे र परिसंघको तर्फबाट उपाध्यक्ष विरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

 सम्झौंताअनुसार एक्यानले आयोजकसँग निकट रहेर रणनीति विकासमा सहयोग गर्ने तथा देशको विकासको साझेदारको रूपमा रहेका चार्टर्ड एकाउण्टेण्टहरुलाई केन्द्र तथा प्रादेशिक पूर्वाधार सम्मेलनमा श्रोत व्यक्तिको रूपमा सहभागी गराउनेछ । सो सम्मेलनमा तीसभन्दा बढी देशबाट एक हजार जना सहभागी हुनेछन्। उक्त कार्यक्रममा परिसंघका उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी र हेमराज ढकाल तथा एक्यानका उपाध्यक्ष सुशिल घिमिरे र महासचिव प्रदिप सिग्देल लगायतको उपस्थित रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद