Media Network

नेप्से ३४ अंकले घट्यो, दुई अर्ब ६२ करोड रुपैयाँको कारोबार


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौं। नेप्से पुन घटेको छ । अघिल्लो दिन ३८ अंंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पुन ३४ दशमलव ८५ अंकले घटेर २१ सय १३ दशमलव ३० अंकमा सिमित भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९१ अंकले घटेर चार सय छ दशमलव ३४ अंकमा सिमित भएको छ । आज नेप्सेमा दुई सय १३ वटा कम्पनीहरुको ४० हजार चार सय २४ पटकको कारोबारमा ६४ लाख १६ हजार छ सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कारोबार रकम दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार नौं सय ४८ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।

यसैगरी आज जोशी हाईड्रो पावर कम्पनी, बलेफी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने मैलुङखोला जलबिद्युत कम्पनी, सामलिङ पावर कम्पनी, इर्मर्जिङ नेपाल लिमिटेड आदिले गुमाएका छन् ।  शिवम सिमेन्ट, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद