Media Network

पहिलो पटक भारत निर्यात हुदै नेपाली छड


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौं । बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले बुधबारदेखि रड निर्यात गर्न लागेको हो। रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा बुधबार दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ।

वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

उद्योगले बुधबारदेखि औपचारिक रुपमा रड भारत निर्यात गर्न लागेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद