Media Network

प्रोग्रेसिभ फाईनान्सद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं।प्रोग्रेशिभ फाइनान्स लिमिटेडले यही असोज आठ गते शनिवारका दिन आफ्ना सम्पूर्ण १७ वटै शाखा कार्यालय क्षेत्र वरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ । उक्त अवसरमा फाइनान्सको तिनकुने शाखाबाट कोटेश्वर महादेवस्थान परिसरमा सरसफाईका साथै फोहोर संकलन गर्ने सामाग्री र अन्य सरसफाइ सामग्रीहरु कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी हेटौंडा शाखाले पशुपति मन्दिर परिसर, पुल्चोक शाखाले शाखा रहेको क्षेत्र वरिपरी, सबैला शाखाले बजार क्षेत्रमा अवस्थित दुर्गा मन्दिर परिसर, पाटन सुन्धारा शाखाले त्वायाबहा मन्दिर परिसर लगायत अन्य शाखा कार्यालयहरुले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

यस अवसरमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्तो कार्यक्रमको मुख्य उद्देश्य सरसफाइ सम्बन्धी जनचेतना फैलाउनु तथा हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहरहरुको जगेर्ना गर्नु नै रहेको विचार व्यक्त गरे । 

फाईनान्सले १७ वटा शाखा कार्यालय तथा चारवटा विस्तारित काउन्टरहरु मार्फत वित्तीय सेवा उपलब्ध गराइरहेको छ । संस्थाले निकट भविष्यमा पाँचवटा शाखा कार्यालयहरु थप गर्ने योजना बनाएको छ । आधुनिक डिजीटल बैंकिङ सेवाहरु प्रवाह गर्दैआएको यस वित्तीय संस्थाले हालै लकर सुविधा पनि उपलब्ध गराएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद