Media Network

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने दुई ठुला बैंक कारवाहीमा (पत्रसहित)


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशका दुई ठुला बैंकलाई कारवाही गरेको छ । 

बैंकले स्टयाण्डर्ड चार्टर्ड र एसीसी बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले गरेको निरीक्षणको क्रममा गत आर्थिक वर्षको चौथो त्रैमासमा कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंकले तोकिएको स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई अनिवार्य नगद मौज्दात÷बैधानिक तरलता अनुपात कायम नगर्दा कारवाही गरेको छ । जसमा स्टयाण्डर्ड चार्टर्ड बैंकले ६३ हजार ५ सय ९७ रुपैयाँ ५३ पैसा र एनसीसी बैंकले ४९ हजार ८८ सय ७५ रुपैयाँ जरिवाना तिरेको हो ।बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात हो ।

हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै, अनिवार्य नगद अनुपात भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दात बापत राख्नुपर्ने रकम हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद