Media Network

राष्ट्र बैंकद्धारा १० करोड ४८ लाख रुपैयाँ लगानीको आव्हान


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौ । नेपाल राष्ट्र बैकले १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार बिभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ फागुन दुई गतेदेखि २०८० फागुन एक गतेसम्मको लागि लगानी गर्न आव्हान गरिएको हो । 

यसरी लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि आठ करोड ३९ लाख, बिकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाईनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले माघ १८ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकको भनाई छ । 

राष्ट्र बैंकका अनुसार लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका सर्तहरु तोकिएका छन् ।   

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद