Media Network

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३७.३८% ले वृद्धि


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौ। राष्ट्रिय वाणिज्य बैंकले गएको आर्थिक वर्षम ५ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले ३७.३८ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड थियो । वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक बनेको छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकले ब्याज आम्दानीबाट ९ अर्ब ६६ करोड कमाएको छ । अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी १७.२९ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन नाफा ११ अर्ब २७ करोड छ । अघिल्लो वर्ष ९ अर्ब ८४ करोड थियो ।

करिब पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड छ । बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा ३ अर्ब ३ करोड गरेको जनाएको छ । बैंकको प्रति सेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८५.८९ प्रतिशत छ । बैंकको बेसरेट ७.६३ प्रतिशत छ । असार मसान्तसम्म बैंकले २ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ६३ अर्ब थियो भने कर्जा १ खर्ब ७७ अर्ब थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद