Media Network

राष्ट्रिय वाणिज्य बैंकको पस र क्युर आर कारोबारमा क्यास ब्याक अफर


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं।राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाईन्ट अफ सेल (पस) को माध्यमवाट प्रति कारोबार एक हजार रुपंैंयाँ वा सो भन्दा बढीको कार्ड स्वा्प गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वा्मा पाँच प्रतिशत वा अधिकतम क्यास ब्याक वा पाँच सय रुपैंयाँ, छ देखी १० पटकको कार्ड स्वा्पमा १० प्रतिशत वा अधिकतम क्यास ब्याक वा सात सय ५० रुपैंयाँ र ११ देखी १५ पटकको कार्ड स्वा्पमा १५ प्रतिशत वा अधिकतम क्यास ब्याक वा एक हजार रुपैंयाँ मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद