सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र रु १५.५० लाखको लाभ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, प्युजो वा सिट्रोन दुवैले आफ्ना ग्राहकलाई रु ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन् ।
प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरू मध्ये एक सिट्रोन साङ्ग्रिला मोटर्सले नयाँ थपिएको हो । यो चाडपर्वको प्रस्ताव, सिटो«न सि ५ एसक्रस मोडलमा मान्य छ । सि ५ एयर क्रस मोडल, एउटा विलासी फ्रान्सेली कार जसले क्लास र आरामलाई एउटै कारमा पहुँचयोग्य बनाउँछ भनेर निक्कै प्रख्यात छ । हाल्स प्युजो नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ र अफर प्युजोको ३००८ अलौरे डिजेल मोडलका लागि मात्र मान्य छ ।
यो चाडपर्वको अवसरमा सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले “ड्राइभ नाउ, पे लेटर” योजना ल्याएर सवारी साधनको सपना देखने मानिसहरूलाई सहज बनाउने लक्ष्यमा यो अफर ल्याईएको छ ।