Media Network

सिजी ल्यान्डमार्कको वार्षिकोत्सव, ग्राहकलाई छुट


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

चितवन । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।

साउन २७, २८ र २९ गते विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो । सो अवसरमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउनेछन् ।

मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले जानकारी दिए । ‘सहरभित्रको सहर’ नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ ।सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एकमात्र गन्तव्य हो । यहाँ सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हललगायतका सुविधा उपलब्ध छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद