Media Network

सुकेधाराको पुस्तकालयलाई माछापुच्छ्रे बैंकले दियो २५ वटा कुर्सी


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिको सक्रियतामा स्थापित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई २५ थान कुर्ची सहयोग गरेको छ । 

नवटोल सुधार समिति, नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवम् सञ्चालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रको लागि २५ थान कुर्सी हस्तान्तरण गरेको हो । नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका हुन ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद