Media Network

सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौं । सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । 

संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्य योजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको जानकारी दिएको छ । आगामी तीन महिनाभित्रमा यस्तो घोषणा गरिसक्ने मन्त्रालयले समय सिमा तोकेको छ । मन्त्रालयले गैर आवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान चलाउने निर्णय समेत गरेको छ । काठमाडौंमा तीन महिना भित्रमा स्तरिय सिटी बस संचालनमा ल्याउने घोषणा समेत मन्त्रालयले गरेको छ । 

प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा पनि मन्त्रालयले गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा रिकभरी प्लान ल्याउने घोषणा गरेका थिए । सोही प्लान अनुसार आइतबार मन्त्रालयले कार्य योजना सार्वजनिक गरेको हो । 

काठमाडौं उपत्यकाभित्र रात्रीकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालिन सम्पदा यात्रा आगामी दुई बर्षभित्रमा संचालन हुने समेत मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद