Media Network

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । बुधरबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २ सय रुपैयाँ बढ्दा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। 

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँ बढेर ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य तोलामा मंगलबारभन्दा १० रुपैयाँ घटेर बुधबारका लागि १२ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद