Media Network

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।  

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद