Media Network

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उठायो २३ अर्ब ७५ करोड राजस्व


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को लागि तोकिएको राजस्व लक्ष्यभन्दा बढी संकलन गरेको छ।

भन्सार विभागले कार्यालयका लागि चालु आवमा २३ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो। कार्यालयको अभिलेखअनुसार आर्थिक वर्षको अन्तिम दिनसम्म आइपुग्दा कुल राजस्व असुली २३ अर्ब ७५ करोड पुगेको प्रमुख भन्सार कार्यालयले जनाएको छ ।

। जुन लक्ष्यको तुलनामा १०२.६ प्रतिशत हो। कार्यालयले गएको चार वर्षयता पहिलो पटक आफ्नो लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

यसभन्दा अघि आव २०७४÷७५ मा लक्ष्यको तुलनामा १००.१ प्रतिशत राजस्व संकलन भएको थियो भने बीचका ३ आर्थिक वर्षमा लक्ष्य अनुरूप राजस्व संकलन हुन सकेको थिएन। साथै गत आव २०७७÷७८ को तुलनामा यस आवको राजस्व असुली ३६.१२ प्रतिशतले वृद्धि भएको छ जुन समग्र राष्ट्रिय राजस्व वृद्धिको तुलनामा समेत बढी हो।




Share:
Reaction :
ताजा समाचार
खेलकुद