Media Network

टाटाले ल्यायो दसैं अफर


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि ’वडा पर्वको वडा अफर’ ल्याएको छ।

दसैंविशेष यो योजना अन्तर्गत टाटाका गाडीहरू किन्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ।त्यस्तै जुनसुकै ब्रान्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

निःशुल्क नामसारी, एक वर्षको सवारी कर, दुई लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आकर्षण पनि रहेको कम्पनीले जनाएको छ। 

ग्राहकले टाटा मोटर्सको सोरूममा गएर यस कार्यक्रममा सहभागी भई ’अल्ट्रोज’, ’एच फाइभ’, ’नेक्सन’, ’टियागो’ र ’टिगोर’ लगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद