Media Network

‘उपाय फुलफिल्मेन्ट सेवा’ मार्फत उपाय सिटी कार्गोको सर्भिसमा छलाङ


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौ । उपाय सिटी कार्गोले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ मार्फत सेवालाई थप परिमार्जनसहित विस्तार गरेको छ ।

देशभर साना ठुला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरि, ढुवानी क्षेत्रमा नयाँ पहिचान बनाउने लक्ष्यसहित ‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरुपछि तेस्रो सर्भिसको रुपमा उपाय फुलफिल्मेन्ट सर्भिस बजारमा ल्याएको हो । उपाय सिटी कार्गोलाई सेवामुखी, भरपर्दो, विश्वासिलो र नयाँ उचाईमा पुराउन अहम भुमिकामा छन् कम्पनीका एमडी सुमन रायमाझी ।


उपाय सिटी कार्गोले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ अन्तर्गत एकै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिन्छ।कम्पनीले नेपालमा व्यापारिक तथा निजि प्रयोजनका लागि सरल र भरपर्दो ढुवानी सेवा प्रदायकहरुको मागलाई सम्बोधन गर्दै सेवामा थप विस्तार गरेको हो ।

यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गर्दछ, जसले ढुवानीमा लाग्ने समय र पैसा दुबैको बचत हुन्छ । यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरी मार्फत पर्न जान्छ । ग्राहकको सहजताको लागि उपाय सिटी कार्गोको आफ्नै मोबाइल याप पनि रहेको छ जसबाट ग्राहकहरुले आफुलाई सहज हुने माध्यम मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।’

कम्पनीका अनुसार सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पु¥याउने योजना लिएको छ ।

हाल,उपायको फुलफिल्मेन्ट सर्भिसले काठमाडौंमा साना वस्तुहरूको लागि सुविधाजनक र किफायती डेलिभरी सेवाहरू प्रदान गरिरहेको छ । यो सेवा काठमाडौं भित्र आफ्नो समान डेलिभरी गर्न डेलिभरी सेवा खोज्ने ग्राहकहरूलाई उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ।



उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सक्नु हुन्छ । यो सेवा यदि तपाई काठमाडौंमा अनलाइन व्यवसाय गर्दै हुनुहुन्छ अनि तपाई सबैभन्दा राम्रो, भरपर्दो, र सस्तो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने, उपाय फुलफिल्मेन्ट तपाईको लागि हुन सक्छ।’ फुलफिल्मेन्टका निर्देशक सन्दिप सुवेदीले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद