Media Network

एकै दिन एक हजार ९० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । केही दिनयता कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार एकै दिन एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको हो । 

मन्त्रालयकाअनुसार दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । 

पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद