Media Network

एकैदिन ७६० जनामा कोरोना पुष्टि, एकको मृत्यु


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

काठमाडौं।  देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । 

५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। 

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५६०२ पुगेको छ। 

त्यस्तै,मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ३२४ जना कोरोनामुक्त भएका छन्।




Share:
Reaction :
ताजा समाचार
खेलकुद