Media Network

कोभिड संक्रमण बढ्दै, एकैदिन ९३४ जना संक्रमित थपिए


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । नेपालमा पछिल्लो समय कोभिड १९ संक्रमित बढ्दै गएका छन् । केही दिनयता बढ्दै गएको कोरोना सोमबार अघिल्लो दिनको तुलनामा दोब्बर बनेको छ । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमण पुष्टी भएका एक जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा सोमवार संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । 

देशैभरका विद्यालयका १२ वर्ष मुनीका बालबालिकालाई समेत खोप अभियान चलाइरहेकाबेला संक्रमण अझ तिब्र बनेको छ । संक्रमित बढ्दै गएको र अबको एक महिना संक्रमणको उच्च जोखिम रहेको मन्त्रालयले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद