Media Network

महानगरलाई नर्भिकको जवाफ – तत्काल भवन भत्काउदैनौं ( विज्ञप्तीसहित)


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौँ । थापाथलिस्थित नर्भिक अस्पतालले तत्काल आफ्नो भवन नभत्काउने बताएको छ ।

अस्पतालले मंगलबार एक पत्रकार सम्मेलन जारी गदै सरकारसँग सम्झौता गरेर नै जग्गा लिएको भन्दै तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको हो । अस्पतालले भने आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको बताउदै आएको छ ।

हाल बिरामीहरुको अवस्थालाई हेरेर भवन भत्काउन नसक्ने बताएको छ ।सोमबार काठमाडौ महानगरपालिकाले नर्भिक अस्पताललाई २४ घण्टाभित्र विना नक्सापासका संरचना हटाउन निर्देशन सहित पत्र काटेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद